Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका ६४ जना वरिष्ठ सईको इन्स्पेक्टरमा बढुवा [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गर्न सिफारिस भएका छन् ।

आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिको शनिबारको बैठकले ६४ जनालाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको हो ।

सो बढुवा सिफारिसको सूची प्रहरी प्रधान कार्यालयले शनिवार राति प्रकाशन गरेको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ छन् ।

प्रहरी निरीक्षकमा बढुवा सिफारिस हुनेमा लोकराज पाठक, थानेश्वर चपाईं, मनोज पाण्डे, हरिमाया थापा र तेज प्रसाद भट्टराई सहित ६४ जना छन् ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077