Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

डीएसपीमाथि आक्रमण हुँदा खुट्टा फ्याक्चर, छानबिन समिति गठन

महोत्तरी । महोत्तरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी) माथि बिहीबार राति आक्रमण भएको खुलेको छ ।

धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत डीएसपी चन्देश्वर यादवमाथि महोत्तरीको जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा आक्रमण भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार डीएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ । डीएसपी गिरी काठमाडौं स्थित प्रहरी अस्पतालमा उपचारत छन् । घटना रहस्यमय रहेको र प्रहरीले लुकाउन खोजेको देखिएको छ ।

घटना बिहीबार राति भएपनि अहिलेसम्म पनि सार्वजनिक गरिएको थिएन् । घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ । घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077