Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रिमियाको रुसी हतियार भण्डारमा ड्रोन आक्रमण

एजेन्सी । रुसको कब्जामा रहेको क्रिमियाको एउटा हतियार भण्डारमा ड्रोन आक्रमण भएको छ ।

आक्रमणको पुष्टि गर्दै रुसी अधिकारीहरूले आक्रमण आसपासका पाँच किलोमिटर क्षेत्रमा रहेका नागरिकको उद्धार गरिएको बताएका छन् ।

क्रिमियाका गभर्नर सर्गेई अक्स्योनोभले उक्त आक्रमणको पछाडि युक्रेनको हात रहेको बताएका छन्, यद्यपि उनले यसको कुनै प्रमाण पेस भने गर्न सकेका छैनन् ।

आक्रमणमा हालसम्म मानवीय क्षति नभएको सर्गेई अक्स्योनोभले आफ्नो टेलिग्राम पोस्टमा भनेका छन् ।
विस्फोटपछि केर्च ब्रिजमा रेल सेवा बन्द गरिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077