Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भुसालको नेतृत्वमा माओवादी केन्द्रका नेताहरू आज भारत भ्रमणमा जाँदै

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरू आज भारत भ्रमणमा जाँदैछन् ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा जान लागेका हुन् ।

पार्टी अध्यक्ष जेपी नड्डाले भाजपाको विगत, वर्तमान र आगामी रणनीतिबारे जानकारी दिन माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमणमा बोलाउने निर्णय गरेका हुन् ।

भारत बसाईका क्रममा माओवादी केन्द्रका नेताहरूले अध्यक्ष नड्डासहित भाजपाका शीर्ष नेताहरूसँग अन्तर्क्रिया गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077