Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ

काठमाडौं । ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन् ।

ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरी सुनिल शाहमाथि कुटपिट गर्ने २६ वर्षीय विश्वास राई पक्राउ परेका हुन् ।

राईलाई शुक्रबार अपराह्न पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । शुक्रबार दिउँसो चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल शाहमाथि राईले निर्घात कुटपिट गरेका थिए।

चापागाउँ दोबाटोमै मोबाइल पसल रहेको राईले ट्राफिक व्यवस्थापनमा काम गरिरहेका हवलदार शाहसँग निहुँ खोजी एक्कासी कुटपिटमा उत्रिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

राईलाई सोही दिन पक्राउ गरी सातदोबाटो प्रहरी वृत्तमा राखिएको छ। उनीविरूद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077