Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भीम पराजुलीले भने - पार्टीमा चरम गुटबन्दी छ, अर्को गुटलाई दुश्मनजस्तो व्यवहार गर्छन्

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीभित्र गुटबन्दी चरम रहेको बताएका छन्। आइतबारको केन्द्रीय समितिमा धारणा राख्दै पराजुलीले यस्तो बताएका हुन् ।

उनले अन्तर्घात गर्नेलाई कडा अनुशासन कारबाही गरिनुपर्ने बताए। आफू प्रदेश सभा चुनाव लड्न हराउन खोजे पनि मेयर हुँदाका बेला गरेको कामले गर्दा जनताको मत जित्न सफल भएको उनको भनाइ छ।

पराजुलीले भने, ‘गुटको शिकार म पनि भएको छु । संसदीय दलको नेतामा उठ्दा सबैतिरबाट खुलेआम हराउने काम भयो । अरु पार्टीका नेताहरुसँग समधुर सम्बन्ध राख्ने तर आफ्नै पार्टीका नेता कार्यकर्तासँग दुश्मन जस्तो व्यवहार गरेको देखिन्छ ।’

पार्टीभित्र विश्वसनीय कारबाहीको अवस्था नरहेकाले कारबाहीको सिफारिस नगरेको उनले बताए । एक गुटको नेता अर्को गुटमा जाँदा सम्मानजनक व्यवहार नगरिएको गुनासो पराजुलीले बैठकमा राखे ।

९४ प्रतिशत ओमकार परिवार रहेकाले धार्मिक स्वतन्त्रता सहितको वैदिकता कांग्रेसले अबलम्बन गर्नुपर्ने पराजुलीले बताए । उनले पार्टीका शीर्ष नेताको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने पनि बताए।

केन्द्रीय नेता पनि महाधिवेशनअघि वडाबाटै निर्वाचित भएर आउने व्यवस्था विधानमै समावेश गर्न उनले माग गरे। कांग्रेस प्रदेश र केन्द्रमा सरकारमा भए पनि सुशासनको प्रत्याभूति नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077