Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सौर्य गठबन्धनको पाँचौ बैठकमा सहभागि हुन मन्त्री बस्नेत अबुधावी प्रस्थान

    सौर्य गठबन्धनको पाँचौ बैठकमा सहभागि हुन मन्त्री बस्नेत अबुधावी प्रस्थान

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 507
    SHARES

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत संयुक्त अरब इमिरेट्स प्रस्थान गरेका छन् ।

    अबुधावीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौ बैठकमा भाग लिन मन्त्री बस्नेत नेतृत्वको तीन सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेका हुन् ।



    यही साउन ८ देखि १० गतेसम्म आयोजना हुने सो बैठकमा आईएसएका सदस्य राष्ट्रहरु, एसिया प्रशान्त क्षेत्रका देशमध्ये सम्भाव्य सदस्य राष्ट्रहरु, साझेदार संगठनहरुको बैठकमा सहभागिता रहनेछ ।



    नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रको लगानी एवं आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्न सो गठबन्धनबाट मद्दत पुग्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार