Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ऊर्जामन्त्री बस्नेतले भने – राष्ट्रिय गौरवका आयोजनाको छनौटमा पुनर्विचार गर्नुपर्छ

    ऊर्जामन्त्री बस्नेतले भने – राष्ट्रिय गौरवका आयोजनाको छनौटमा पुनर्विचार गर्नुपर्छ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 435
    SHARES

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनाको छनौटमा नै पुनर्विचार गर्नुपर्ने बताएका छन्।

    संघीय संसदको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै ऊर्जामन्त्री बस्नेतले यस्तो बताएका हुन् ।



    राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरुको छनौट गर्न उपयुक्त हुने बताए।



    उनले राष्ट्रिय गौरवका आयोजनाहरुको समग्र पक्षमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको पनि बताए ।

    ऊर्जामन्त्री बस्नेतले राष्ट्रिय गौरवका आयोजना प्रमुखहरुलाई सरुवा गर्ने सरकारको कुनै मनसाय नरहेको बताए ।

    उनले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुले सरुवा माग्दा पनि आफूले त्यही बसेर काम गर्न अनुरोध गर्ने गरेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार