Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्जुननरसिंह केसी भन्छन् - कांग्रेस बचाउन पात्र नभई प्रवृति परिवर्तन आवश्यक छ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभापति संस्था नभएको भन्दै पार्टी बचाउन पात्र प्रवृत्ति परिवर्तन गर्न आवश्यक भएको बताएका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले सभापतिलाई नै संस्था मान्न नहुने बताउँदै सभापति विधि र प्रकृयामा रहनुपर्ने धारणा राखेका हुन् । उनले भने, ‘अहिलेको आवश्यकता भनेको पात्र होइन, प्रवृत्ति परिवर्तन हुनुपर्छ ।सभापति नै संस्था हो भन्ने कुरा म चाँही मान्दिनँ ।’

अहिलेका राष्ट्रिय समस्या गरिबी, बेरोजगारी, किसानले मल नपाएको, लम्पी स्किनका कारण क्षति भएको विषयमा स्पष्ट दृष्टिकोण लिएर जनतामाझ जानुपर्नेमा जोड दिए ।

भुटानी शरणार्थी, बालुवाटारलगायत काण्डको छानबिन नभए अर्को चुनावमा जनताकाबीचबाट कांग्रेस अस्वीकृत हुने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077