Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी राहत शिक्षकमा नियुक्ति, यादवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी राहत शिक्षकमा नियुक्ति लिएकी सीताकुमारी यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले धनुषाको श्री नवयुवक आधारभूत विद्यालय, थुम्हौनामा कार्यरत राहत शिक्षक यादवविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

यादवले साबिक श्री नवयुवक जनता प्राथमिक विद्यालयमा प्रावि तहको अस्थायी राहत शिक्षक दरबन्दीमा नियुक्ति हुँदा बिहार संस्कृत शिक्षा बोर्ड,

पटना, भारतबाट मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिई भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077