Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्युतको पोल र ट्रान्समिटर खरिदमा ४ लाख भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले विद्युतका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा भ्रष्टाचार गरेको भन्दै नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नेपाल विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख संजीव साह, वडा नम्बर १० का तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकीसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

आर्थिक वर्ष २०७५/०७६ मा सिद्धिचरण नगरपालिकाको वडा नं.१० मा विद्युतीकरणको कार्यको लागि लागत अनुमान स्वीकृत गरी नगरपालिका र उपभोक्ता समितिको जनसहभागिताबाट समेत व्यहोर्ने गरी केन्द्रीय विद्युतका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा भ्रष्टाचार भएको आयोगको दाबी छ ।

उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला र सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाबीच सम्झौता भएकोमा उक्त योजनामा नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गाबाट निःशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामग्रीहरूको समेत भुक्तानी गरी ४ लाख ७७ हजार ८९९ रुपैयाँ भुक्तानी दिई भ्रष्टाचार गरिएको अभियोगपत्रमा उल्लेख छ ।

वईजल एसीएसआर कन्डक्टर, स्टिल ग्यालभनाईज पोल, स्याकल इन्सुलेटर डि आइरन सेट, पिन इनसुलेटर स्पिन्नडल सामानहरू लिई सोही सामग्रीलाई नमामी सप्लायर्स लहानको भ्याट बिल आयोजना शुरु हुनुभन्दा अघिको मिति राखेर खरिद गरेको भनी फर्जी बिल पेश गरी भ्रष्टाचार गरेको अभियोग पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077