Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ठूला ऋणीलाई सुपरिवेक्षण गर्न राष्ट्र बैंकले छुट्टै नीति बनाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला ऋणीहरुको सुपरिवेक्षणका लागि छुट्टै नीति बनाउने भएको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई परिमार्जन गर्दै ठूला ऋणीहरुको सुपरिवेक्षणलाई प्रभावकारी बनाउन छुट्टै मागदर्शन जारी गर्ने जनाएको हो ।

ठूला ऋणीहरुको सुपरिवेक्षणलाई प्रभावकारी बनाउन छुट्टै मार्गदर्शन जारी हुने क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकिङ्ग क्षेत्रको सम्पत्तिको गुणस्तर मूल्याङ्कन गर्ने, कर्जा जोखिम न्यूनीकरण गर्ने, सुपरिवेक्षकीय क्षमता अभिवृद्धि गर्न सुपरिवेक्षकीय सूचना प्रणालीको विकास र प्रयोग गर्ने, समष्टिगत आर्थिक उत्तारचढावका कारण वित्तीय क्षेत्रमा आउन सक्ने दबाब आकलन गर्न म्याक्रो स्टाटिक टेस्टिङ फ्रेमवर्क तयार गरी लागू गरिने समेत केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय क्षेत्रसँग सम्बन्धित ऐन कानुनहरुको समसामयिक पुनरावलोकन गर्ने लगायतका कार्यहरु जारी राखिने समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077