Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकैपटक २६ सह-सचिवको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले आइतबार २६ जना सहसचिवको विभिन्न मन्त्रालय र विभागमा सरुवा गरेको हो ।

सरुवा हुनेमा निजामती किताबखानामा रहेका सहसचिव टोकराज पाण्डेयलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ भने संघीय मामिलाका प्रदीपराज अधिकारीलाई सन्चार मन्त्रालयमा सरुवा गरेको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय जाजरकोटका सीडीओ रामकुमार महतोलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ । नुरहरी खतिवडा आदिवासी जनजाति आयोगको सचिवमा सरुवा भएका छन् भने ध्रुवराज पण्डित भूमि व्यवस्था मन्त्रालयमा सरुवा भएका छन् ।

त्यस्तै तीर्थराज भट्टराई बागमती प्रदेशमा सरुवा भएका छन् भने ज्ञानराज सुवेदीलाई राष्ट्रिय सतर्कता केन्द्रबाट भौतिक मन्त्रालयमा सरुवा भएका छन् । यमलाल भुसाल राष्ट्रिय योजनामा सरुवा गरेका छन् । त्यस्तै सुनिल पौडेल भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनीमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077