Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बुटवल उपमहानगरका पूर्व उपप्रमुख खनालको निधन

रुपन्देही । बुटवल उपमहानगरपालिकाका पूर्व उप प्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ।

नेपाली कांग्रेस बुटवलको लामो समयसम्म सभापति रहेका ८३ वर्षीय खनालको उपचारको क्रममा तिनाउ अस्पतालमा गए राती निधन भएको हो ।

अस्वस्थ भएपछि अस्पताल भर्ना भएका खनालको असार १३ गते प्रोष्टेटको अपरेसन गरिएको थियो।

खनाल २०४६ को जनआन्दोलनपछि भएको बुटवल उपमहानगरपालिकाको निर्वाचन २०४९ मा तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुख निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077