Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा झारिने

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको स्पष्ट पारेका छन् ।

आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले ५० लाख रुपैयाँसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत बाट घटाएर १०० प्रतिशत बनाए बताएका हुन् ।

राष्ट्र बैंकले आइतबार घोषणा गरेको मौद्रिक नीतिमा सेयर बजार र घरजग्गामा दिने कर्जामा जोखिमभार पुनरावलोकन गर्ने घोषणा गरेको थियो । यसअघि २५ लाख रुपैयाँसम्मको सेयर कर्जाको जोखिम भार १०० प्रतिशत थियो।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २५ लाख कर्जालाई ५० लाख पुर्‍याउने तर जोखिम भार १०० प्रतिशत नै कायम राख्ने जानकारी दिए।यसअघि सबै कर्जाको नभई २५ लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत थियो

। सरकारबाट लाइसेन्स लिएर आवासीय घर बनाउने रियल इस्टेटमा जोखिम भार १५० बाट १०० मा झारेको उनले बताए । अन्य रियलस्टेटमा जाने कर्जाको जोखिमभार भने १५० प्रतिशत नै यथावत रहेको उनले बताए । यस्तै हायर पर्चेजमा २५ लाख सम्मको ऋणको जोखिम भार १५० बाट १०० रहने जानकारी गभर्नरले दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077