Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

शरणार्थी प्रकरणमा बालकृष्ण खाँणलाई सरकारले नै फसायो : महेन्द्र यादव

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई सरकारले नै फसाएको आरोप लगाएका छन्।

आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै सहमहामन्त्री यादवले खाँणमाथि राज्यले ठूलो अन्याय गरेको बताएका हुन् ।

सहमहामन्त्री यादवले भने,‘हाम्रो आदरणीय नेता, नेपाली कांग्रेसका जुझारु नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको छ, उहाँमाथि राज्यले ठूलो अन्याय गरेको छ । अहिलेसम्मको अनुसन्धानबाट न कुनै जाहेरी छ, न उहाँलाई कसैले पोलेको छ, न कुनै प्रमाण भेटिएको छ । तर थप मुद्दा राजद्रोह पनि लगाइएको छ । ठगी मुद्दामा राजद्रोह लगाउृने हो भने दिनमा १०÷२० वटा राजद्रोहको मुद्दा लाग्छ ।’

सहमहामन्त्री यादवले खाँणमाथि अभियोगमात्र लागेको तर प्रमाणित नभएकाले कसुरदारजस्तो व्यवहार गर्न नहुने बताए ।

खाँणले पार्टीका नेता कार्यकर्ताको धेरै संरक्षण गरेको भन्दै यादवले उनलाई दुख पर्दा सहयोग गर्नुपर्ने बताए ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा खाँण कारागारमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077