Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सहमहामन्त्री डिनाको प्रश्न - बालकृष्ण खाँणलाई जबरजस्ती फसाउन किन लाग्नुभएको ?

काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले बालकृष्ण खाँणमाथिको आरोप प्रमाणित गराउन पार्टीकै नेताहरूले दबाब दिएको बताएकी छन् ।

आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै सहमहामन्त्री उपाध्यायले पार्टी भित्रैबाट नेताहरूलाई जबरजस्ती फसाउने काम भएको बताएकी हुन् ।

सहमहामन्त्री उपाध्यायले भनिन्, ‘हाम्रो एकजना साथीलाई आरोप लगाइएको छ । आरोपित हुनुहुन्छ । न्यायालयमा मुद्दा विचाराधीन छ । तर हाम्रै पार्टीका साथीहरू आरोपलाई प्रमाणित गराउन दबाब दिइरहनुभएको छ । यो कार्यप्रति पार्टीले सचेत हुनुपर्छ । पार्टी साथीहरूलाई जबरजस्ती फाउन किन लाग्नुभएको छ ?’

कांग्रेसकै नेताहरूले खाँणविरुद्ध न्यायालयलाई प्रभावित पार्न खोजेको उनको आरोप छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा खाँण कारागारमा छन्।

उनले पार्टीका साथीलाई कुनै आरोप लागेमा पक्षमा उभिने कि नउभिने भन्ने प्रश्न गरिन् । उनले अदालतमा रहेको विचाराधीन मुद्दालाई बहसको विषय बनाइएको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077