Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्रीको सुशासन सल्लाहकार हौं भन्दै लाखौं ठगी, कोटेश्वरबाट दुईजना पक्राउ

    प्रधानमन्त्रीको सुशासन सल्लाहकार हौं भन्दै लाखौं ठगी, कोटेश्वरबाट दुईजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 834
    SHARES

    काठमाडौं । प्रधानमन्त्रीको सुशासन सल्लाहकार भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कसुरमा काठमाडौंको नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल पक्राउ परेका हुन् ।



    उनीहरूलाई आइतबार दिउँसो साढे १ बजे कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले ४५ लाख भन्दा बढी रकम ठगी गरेको र ना ४ च ८६७० नम्बरको जिप लिएर भागेको भन्ने उजुरी परेको छ ।



    उनीहरूले प्रधानमन्त्रीका सुशासन सल्लाहकार एवं अन्य प्रमुख नेताहरूसँग समेत चिनजान भएको भन्दै ठगी गरेको आरोप छ।

    इलाका प्रहरी कार्यालय दमकमा उनीहरूविरूद्ध मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत भद्रपुरबाट पक्राउ पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि दमक पठाइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार