Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयको निर्देशन - सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्नू

काठमाडौं । नेपाल सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय अनुसार सबै विभागका महानिर्देशक र सबै अस्पतालहरूलाई पत्राचार गर्दै सो निर्देशन दिएको हो ।

पत्रमा स्वास्थ्य सेवा तथा निजामती सेवातर्फका सम्पूर्ण कर्मचारी नेपाल सरकारले निर्धारण गरेको कार्यालय समयमा कार्यालयमा उपस्थित रहे नरहेको विषयमा कार्यालय प्रमुखलाई नियमित रूपमा अनुगमन तथा निरीक्षण गर्न आग्रह गरेको छ ।

साथै मन्त्रालयबाट समेत समय समयमा अनुगमन तथा निरीक्षण हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077