Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सामाखुसीमा बाढीले बगाउँदा १३ वर्षीय बालक बेपत्ता, खोजी कार्य जारी

काठमाडौं । काठमाडौंको सामाखुसीको नालामा खसेर एकजना बालक बेपत्ता भएका छन् । सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको हुन् ।

अविरल वर्षासँगै आएको बाढीले आइतबार साँझ मगरलाई बगाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार अपराह्न साढे ४ बजे घरबाट फुटबल खेल्न भनेर उनी र अर्का एक जना बालक निस्किएका थिए ।

तर नालामाथि नै स्ल्याबहरू राखिएको र स्ल्याब नराखिएको ठाउँबाट बालक खसेको प्रहरीले जनाएको छ । प्रहरीको विपद व्यवस्थापन लगायत विभिन्न निकायको टोलीले खोजी गरिरहेको छ।

जल तथा मौसम विभागले आइतबार साँझको वर्षापछि सामाखुसी र सो आसपासको क्षेत्रमा विष्णुमती नदीको बाढीले खतराको तह पार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077