Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • लागुऔषधसहित श्रीमान् श्रीमती प्रहरीको फन्दामा

    लागुऔषधसहित श्रीमान् श्रीमती प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 981
    SHARES

    कैलाली । कैलालीको गेटाबाट लागुऔषधसहित श्रीमान् श्रीमती पक्राउ परेका छन् ।

    बिशेष सुचनाको आधारमा इप्रका मालाखेतीबाट खटिएको सादा पोसाकको टोलीले गोदावरी नगरपालिका–५ गेटा बस्ने २० वर्षीय अनिता राना र उनका श्रीमान २४ वर्षीय अन्तराम रानालाई पक्राउ गरेको हो ।



    घरमा खानतलासी गर्ने क्रममा उनीहरू सुत्ने कोठामा राखिएको प्लाष्टिकको जेब्रा झोलामा २ ग्राम लागुऔषध खैरो हिरोईनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव निरीक्षक गणेश बरालले जानकारी दिए ।



    उनीहरूले अपाङ्गताको आवरणमा श्रीमान श्रीमती भारतको सिमा नाका बजारबाट लागु औषध ल्याएर गाउँ टोलका युवा ग्राहकहरुलाई स–साना पुरिया बनाई बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    अन्तराम रानालाई ३ महिना अगाडी पनि सामान्य चोरीको घटनामा कारबाही गरिएको थियो । दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार