Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कालीमाटी तरकारी बजारमा कृषिमन्त्रीको राजीनामा माग्दै किसानहरु आन्दोलित

काठमाडौं । कालिमाटी तरकारी बजारमा सोमबार ९ वटा किसान संघसंगठनसँग आवद्ध राष्ट्रिय किसान सञ्जालले प्रदर्शन गरेका छन् ।

तरकारी बजारका सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग राख्दै किसानहरु आन्दोलित भएका हुन् ।

उनीहरुले कृषिमन्त्री वेदुराम भुसालको राजीनामा माग गर्दै कालिमाटी र बालाजु तरकारी बजारको भाडा सम्झौता खारेज गर्न माग गरेका छन् ।

तरकारी बजारका सटर र स्टलहरु खुल्ला प्रतिस्पर्धाका अधारमा भाडामा लगाउनुपर्ने, विना प्रतिस्पर्धा भाडामा दिन सम्झौता खारेज गर्नुपर्ने, ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याउनुपर्ने लगायतका उनीहरुको माग छ ।

कृषिमन्त्री भुसालको सहमतिमा कालीमाटी बजार समिति बोर्डले मंगलबार पुनः सम्झौताको निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077