Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दक्षिण अमेरिकी मुलुक इक्वेडरमा गोली हानी मेयरको हत्या

एजेन्सी । दक्षिण अमेरिकी मुलुक इक्वेडरमा एक जना मेयरको गोली हानी हत्या भएको छ।

प्रशान्त महासागरको छेउमा रहेको मान्टा सहरका मेयर अगस्टिन इन्ट्रिआगोको आइतबार गोली हानी हत्या गरिएको हो।

३८ वर्षीय इन्ट्रिआगो गत फेब्रुअरीमा मान्टा सहरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। आइतबार आक्रमण हुँदा उनी केही सार्वजनिक कामको निरीक्षण गरिरहेका थिए।

एउटा ट्रकमा आएका बन्दुकधारीले मेयर इन्ट्रिआगो र छेउमा उभिएकी एक जना महिलालाई गोली हानेका थिए। आक्रमणमा ती महिलाको पनि मृत्यु भएको छ।

मेयरका सुरक्षाकर्मीले जवाफी कारबाही गर्दा गोली लागेर आक्रमणकारी पनि घाइते भएका छन्। प्रहरी हिरासतमा रहेका उनको अहिले उपचार भइरहेको छ। मेयर इन्ट्रिआगोमाथि गोली हान्नुको कारण खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077