Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लव भन्छन् - सत्ता नै पुँजीपतिहरुले कब्जा गरेर भ्रष्टाचारको अन्त्य गर्न सम्भव छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुँजीपतिहरुले नेपालको सत्ता कब्जा गरेकाले भ्रष्टाचारलाई जरैदेखि हटाउन सम्भव नरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै महासचिव चन्दले आजको भ्रष्टाचारको स्रोत भनेको दलाल पुँजीवादीहरुको सत्ता भएको बताएका हुन् ।

महासचिव चन्दले भने, 'पुँजीवाद नै भ्रष्टाचारको स्रोत हो । संसारका पुँजीवाद रहेसम्म भ्रष्टचारको अन्त्य सम्भव छैन । भूमल्डलीकृत साम्राज्यवाद नै भ्रष्टाचारको स्रोत हो ।'

उनले नेपाली जनताको हातमा सत्ता नआएको र भ्रष्टचार राज्यमा मात्र नभई नागरिकमा पनि सल्किँदै गईरहेको बताए । नेपालमा समाजवादको स्थापना भएपछि मात्र पुष्पलालको अर्को सपना पूरा हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077