Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सुनकाण्डको अनुसन्धान गर्न प्रहरीले खटायो एसपी पंगेनीलाई

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद प्रकरणमा अनुसन्धानमा नेपाल प्रहरी पनि मिसिएको छ ।

राजश्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेपछि प्रहरी प्रधान कार्यालयले मानव बेचविखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी कृष्ण पंगेनीलाई पठाएको हो ।

गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ठूलो परिमाणमा राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको थियो । हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा कार्गे गरी ल्याइएको अटोपार्ट्समा सुन ल्याएको फेला परेको थियो ।

गत मंगलबारदेखि राजश्व अनुसन्धान विभागका अधिकृतहरूले अनुसन्धान गरिरहेको थिए। यही प्रकरणमा भन्सार विभागले छानबिन समिति बनाएको थियो। अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा रहेको उक्त समितिले अहिले काम गरिरहेको छ।

यो प्रकरणमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारी र एजेन्ट, भारतीय नागरिक र चिनियाँ नागरिक गरी हालसम्म १६ जनालाई पक्राउ गरेको छ ।

भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पनि पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077