Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरोज र करिश्माको फिल्म 'बगान'ले १० दिनमा कति कमायो ?

काठमाडौं । हलहरुमा प्रदर्शनरत नेपाली फिल्म ‘बगान’ले १० दिनमा ६९ लाख ७८ हजार एक सय ९१ रुपैयाँ कमाइ गरेको छ ।

असार २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आएको ‘बगान’ले बक्स अफिसमा औसत ओपनिङ गरेको थियो । तर, फिल्मले बिस्तारै लय पक्रँदै गएको छ ।

सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय छ।

निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छन्। फिल्ममा एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण र एकल महिलाको विवाहको प्रसंगलाई चित्रण गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077