Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • योजना आयोगका उपाध्यक्ष श्रेष्ठसँग ईयू राजदूतले गरिन् बिदाइ भेट

    योजना आयोगका उपाध्यक्ष श्रेष्ठसँग ईयू राजदूतले गरिन् बिदाइ भेट

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 468
    SHARES

    काठमाडौं । नेपालका लागि युरोपियन युनियन (ईयू) का राजदूत नोना डेप्रेजले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग बिदाइ भेट गरेकी छिन् ।

    कार्यकाल पूरा गरेर फर्किन लागेकी राजदूत नोनाले सोमबार आयोग कार्यालय सिंहदरबार गएर उपाध्यक्ष श्रेष्ठसँग बिदाइ भेटवार्ता गरेकी हुन् ।



    उक्त भेटमा आयोग उपाध्यक्ष श्रेष्ठले युरोपियन युनियन मुलुकहरुले नेपालमा गरेको सहयोगका लागि धन्यवाद दिदै नोनाको आगामी कार्यभार सफलताको शुभकामना दिए ।



    नेपालमा कार्यकाल पूरा गरेर नोना अफ्रिकी मुलुक लाइबेरियाका लागि ईयू राजदूत भएर जाँदैछिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार