Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र आईएमएफ टोलीबीच भेट, १६ औं आवधिक योजनाबारे चासो

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र आईएमएफ टोलीबीच भेट, १६ औं आवधिक योजनाबारे चासो

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 642
    SHARES

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले भेट गरेको छ।

    आईएमएफको नयाँ मिसन चिफको रुपमा आएका किन्डा नेतृत्वको टोलीले सोमबार उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबारस्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो।



    उकत भेटमा आइएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६ औँ योजना तर्जुमाको विषयमा चासो राखेको थियो।



    १६ औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पव्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सुझाव कार्यान्वयनको स्थिति, नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीहरुका विषयमा समेत छलफल भएको थियो।

    भेटघाटमा आईएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरु सहभागी थिए। जुलाई २० मा नेपाल आएको आइएमएफको मिशन टोली २६ जुलाईसम्म नेपालमा रहने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार