Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • योजना आयोगको सदस्यमा उमाशंकरलाई नियुक्त गर्ने सरकारको निर्णय

    योजना आयोगको सदस्यमा उमाशंकरलाई नियुक्त गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 411
    SHARES

    काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ।

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रौतहटका उमाशंकरलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।



    आयोगमा यसअघि एक उपाध्यक्ष र ६ जना सदस्य रहने व्यवस्था थियो। तर सरकारले हालै सदस्य थप गरी सात पुर्‍याउने निर्णय गरेको थियो।



    नेपाल वायुसेवा निगमको उपाध्यक्षमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गरिएको छ ।

    नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समिति सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौं निवासी डा. सहारा श्रेष्ठलाई मनोनयन गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार