Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • राष्ट्रिय योजना आयोगका चार सदस्यले दिए राजीनामा

    राष्ट्रिय योजना आयोगका चार सदस्यले दिए राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 420
    SHARES

    काठमाडौं । राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् ।

    आयोग सदस्यहरू डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।



    हाल अमेरिकामा रहेकी अनिताले उतैबाट राजीनामा दिएकी छन्। सरकार परिवर्तन भएसँगै प्रतिपक्षी दलबाट सिफारिसमा परेका सदस्यहरूले राजीनामा दिएका हुन् ।



    उनीहरूले दिएको राजीनामा उपाध्यक्ष श्रेष्ठले स्वीकृत गरिरहेका छन् । आयोगले धमाधम बजेटको सिलिङ तोकिरहेका बेला सदस्यहरूको राजीनामालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार