Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी उपाध्यक्ष भुसालसहित ५ सदस्यीय टोली दिल्लीस्थित भाजपा कार्यालयमा

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरूले सोमबार दिल्लीस्थित भारतीय सत्तारुढ पार्टी भाजपाको केन्द्रीय कार्यलयमा भाजपा नेताहरूसँग छलफल गरेका छन् ।

माओवादी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले भाजपा महिला मोर्चाकी राष्ट्रिय उपाध्यक्ष दर्शना सिंहसँग भाजपा कार्यालयमा छलफल गरेका हुन् ।

उक्त वार्तामा महिला मोर्चाले सुरुवात गरेको केही महत्वपूर्ण कार्यक्रमहरूबारे माओवादी प्रतिनिधिमण्डललाई जानकारी गराइएको थियो । यस्तै माओवादी प्रतिनिधिमण्डल र भाजपा युवा मोर्चाका राष्ट्रिय अध्यक्ष तथा लोकसभा सांसद तेजस्वी सूर्याबीच पनि अन्तर्क्रिया भएको छ ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा माओवादी प्रतिनिधिमण्डल आइतबार भारत भ्रमणमा गएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077