Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसदीय दलको नेता बदल्न लागेकै छु, नसके चुप लागेर स्विकार्छु : महामन्त्री थापा

    संसदीय दलको नेता बदल्न लागेकै छु, नसके चुप लागेर स्विकार्छु : महामन्त्री थापा

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 405
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्नका लागि आफू लागिरहेको बताएका छन् ।

    पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले संसदीय दलको चुनाव लड्न आफूलाई पार्टी विधानले नरोक्ने बताएका हुन्।



    महामन्त्री थापाले भने,’मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो । म बदल्न लागिरहेको छु, सके बदल्छु नसके चुप लागेर स्विकार्छु ।’



    महामन्त्री थापाले गाह्रो भए पनि संसदीय दलको नेता बदल्न लागेको बताए । संसदीय दलको नेता फेर्न किन लागेको भन्ने प्रश्न नगर्न पनि थापाले सभापति तथा संसदीय दलका नेता देउवानिकटका नेताहरूलाई आग्रह गरे ।

    सभापति तथा दलका नेता देउवालाई संसदीय दलको नेता फेर्ने कुरा नौलो नरहे पनि उनी निकट नेताहरूले भने प्रश्न गर्न लागेको थापाले बताए । संसदीय दलको नेता फेर्ने प्रयास गरिरहने थापाले बताए ।

    उनले सांसदहरूको मत पाउने कुरा गाह्रो भएको बताए । मतदाताको बीचमा भोटिङ भए अर्कै कुरा हुनेथियो तर सांसदको मत पाउन झन् गाह्रो हुने बताए । गाह्रो काम भनेर संसदीय दलको नेता परिवर्तन गर्ने अभियानबाट पछि नहट्ने उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार