Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस बैठकमा महामन्त्री थापाको प्रस्ताव – २०८२ सालभित्रै महाधिवेशन गरौँ

    कांग्रेस बैठकमा महामन्त्री थापाको प्रस्ताव – २०८२ सालभित्रै महाधिवेशन गरौँ

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 471
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विसं २०८२ सालभित्रै पार्टीको १५ औं महाधिवेशन गरिसक्र्न प्रस्ताव गरेका छन् ।

    उनले चुनावको मुखमा महाधिवेशन हुने र त्यसले पार्टीको आन्तरिक द्वन्दको असर चुनावमा देखिने भन्दै ०८२ सालमा जसरी पनि महाधिवेशन गर्न यस्तो प्रस्ताव राखेका हुन् ।



    सोमबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै महामन्त्री थापाले भने, ‘०८२ सालभित्र जसरी पनि महाधिवेशन भइसक्नुपर्छ।’



    महामन्त्री थापाले विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिए। विधानअनुसार ४ वर्षको अन्तरालमा महाधिवेशन गर्नुपर्ने भएपनि यसअघि २०७८ मा कांग्रेसले करिब ६ वर्षमा महाधिवेशन गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार