Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ब्राउन सुगरसहित बर्दियाबाट एकजना पक्राउ

    ब्राउन सुगरसहित बर्दियाबाट एकजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 603
    SHARES

    बर्दिया । बर्दियामा प्रहरीले ब्राउन सुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ ।

    जिल्लाको मधुवन नगरपालिका(८ का २१ वर्षीय अनिश थापा मगर ९०० ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।



    प्रहरी चौकी हम्दमपुरबाट खटिएको टोलीले आइतबार मगरलाई गुलरिया नगरपालिका-११ गणेशपुर सडकखण्डबाट नियन्त्रणमा लिएको थियो।



    भे ७ प ६२४८ नम्बरको स्कुटरमा भारतको लौकाही बोर्डरबाट आउँदै गरेका मगरलाई शंका लागेर जाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

    सोमबार जिल्ला अदालत बर्दियाबाट म्‍याद थप गरी मगरमाथि अनुसन्धान थालिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार