Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देउवासँग महामन्त्री थापाको लिखित प्रस्ताव - फौजदारी अभियोग लागेकालाई निलम्बन गरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर पुर्पक्षका लागि थुनामा रहेका र अनुसन्धानको दायरामा रहेका नेतालाई निलम्बन गर्नुपर्ने लिखित मत दर्ज गरेका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले त्यस्ता नेता-कार्यकर्तालाई निलम्बन गर्नुपर्ने लिखित मत दर्ज गरेका हुन् । उनले उक्त लिखित मत निर्णयको रूपमा समावेश गर्नसमेत माग गरेका छन् ।

महामन्त्री थापाले केन्द्रीय कार्यसमिति बैठकमा सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि १३ बुँदे लिखित धारणा प्रस्तुत गर्दै उक्त प्रकरणमा जोडिएकालाई तत्काल निलम्बन गर्नुपर्ने प्रस्ताव गरे ।

'कुनै पनि व्यक्ति कांग्रेस भएकै कारण छुट पाउनु भएन। कांग्रेस भएकै कारण अतिरिक्त भारी पनि बोक्नु भएन,' उनले भने, 'जोकोहीलाई फौजदारी अभियोग लागेपछि आफैं पार्टीबाट अलग हुनुपर्छ। त्यो नगरिए पार्टीले निलम्बन गर्नुपर्छ।'

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकएष्ण खाण र पूर्व सांसद आङटावा शेर्पा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077