Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित महिला पक्राउ

    अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित महिला पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 1.6K
    SHARES

    कैलाली । कैलालीको अत्तरियामा रहेको एक होटलमा अनैतिक क्रियाकलापमा संलग्न दुईजना पक्राउ परेका छन् ।

    ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गोदावरी नगरपालिका वडा नम्बर २ स्थित आर्दश गल्लीमा रहेको बोगटी अछाम होटलका सञ्चालकसहित एक महिलालाई पक्राउ गरिएको हो ।



    होटल सञ्चालक डोटीको घण्टेश्वरका ३५ वर्षीय प्रकाश थापा र कैलालीको घोडाघोडी नगरपालीका २ की ३० वर्षीय विमला सुनारलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।



    उनीहरुको कोठामा कण्डम, ईकोन ट्याब्लेट, सरजोल क्रिम पनि फेला परेको छ । उनीहरुमाथि मालाखेती प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार