Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा १२२ जना बढुवा सिफारिस [नामावलीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा १२२ जना प्रहरी नायव निरीक्षकलाई बढुवा सिफारिस गरेको छ ।

आइतबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी नायव निरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि गरिएको हो ।

प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार बढुवा सिफारिस गरिएको प्रधान कार्यालयको भनाइ छ ।

बढुवा सूची अनुसार पहिलो नम्बरमा डम बहादुर धिंगाल, दोस्रोमा रमेश संजेल र तेस्रो नम्बरमा कमल खड्का रहेका छन् ।

हेर्नुहोस् बढुवा सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077