Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • इलाका प्रहरी कार्यालयका इन्चार्ज होटेलमा मृत फेला

    इलाका प्रहरी कार्यालयका इन्चार्ज होटेलमा मृत फेला

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 13.8K
    SHARES

    बागलुङ । बागलुङमा वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् ।

    इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज पौडेल बडिगाड गाउँपालिका ६ स्थित आशा होटलको तल्लो तलामा मृत भेटिएका हुन् ।



    बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार उनी सोमबार राति साढे १२ पासो लगाएको अवस्थामा मृत फेला परेका थिए ।

    होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल साहुजीको छोराले देखेर काटेको उनले बताइन् । अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई प्रहरीले चौकी लगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार