Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा सरकारी कर्मचारीको मृत्यु

पाँचथर । पाँचथरको सदरमुकाम फिदिम बजार नजिकै सरकारी मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको विर्तामोड नगरपालिका ८ निवासी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरमा कार्यरत २४ वर्षीय युवराज अधिकारी रहेका छन् ।

मंगलबार बिहान अधिकारी सवार प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल फिदिम २ ओदिन नजिकै दुर्घटनामा परेको थियो ।

उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
अधिकारीलाई उपचारार्थ पाँचथर अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077