Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

महामन्त्रीले प्रस्ताव गरेको कार्यक्रमको कार्यान्वयनमा एकतावद्ध भएर जुटौँ : दिलेन्द्र बडू

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले केन्द्रीय समितिका एजेन्डा सही र व्यवस्थित रूपमा आएको भन्दै उक्त कार्यक्रमहरुको सहि रुपमा कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

शशांक कोइरालाले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले महामन्त्रीले प्रस्तुत गरेका कार्यतालिका र एजेण्डा पार्टीको संस्थागत भएकाले कार्यान्वयनमा जानुको विकल्प नभएको बताएका हुन् ।

नेता बडूले भने, ‘महामन्त्रीमार्फत प्रस्तुत गरिएको जुन नीति र कार्ययोजनाहरु छ । यो छलफलपछि सबैको योजना हो र सबैको संस्थागत कार्यक्रम हुन्छ । यसको कार्यान्वयनको लागि पार्टी संस्थागत रुपमा एकतावद्ध ढंगले जुट्नुपर्छ ।'

उनले वार्षिक नीति तथा कार्यक्रमको संस्थागत कार्यान्वयनले मात्रै कांग्रेसको विधानलाई सस्थागत रुपमा वडा देखि केन्द्रसम्मै क्रियाशिल गराउने भन्दै कार्यान्वयनमा कांग्रेस एकतावद्ध भएर अगाडि जाने दाबी गरे । उनले उक्त एजेन्डामा सबैले आफ्ना विचार राख्न नपाएको गुनासो पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077