Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • कांग्रेस केन्द्रीय समितिको बैठकमा एक अर्कालाई गाली गर्ने काम भयो : चन्द्र भण्डारी

    कांग्रेस केन्द्रीय समितिको बैठकमा एक अर्कालाई गाली गर्ने काम भयो : चन्द्र भण्डारी

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 630
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र अहिले एकले अर्कालाई गाली गर्ने काम मात्रै भएको बताएका छन् ।

    काठमाडौंमा संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै नेता भण्डारीले कांग्रेस केन्द्रीय समिति बैठकमा गाली गर्ने काम मात्रै भएको बताएका हुन् ।



    नेता भण्डारीले भने, ‘कांग्रेस बैठकमा देश र जनताका विषयमा छलफल होला भनेको तर, त्यहाँ त एक अर्कालाई गाली गर्ने काम भयो । एक अर्कालाई खुइल्याउने काम भयो । दुईटा साना भाइहरू जो बल्ल बल्ल महामन्त्री भएका छन् । उनीहरूमाथि खनिने काम भयो । यही हो आजको अवस्था, तथानाम भन्ने, शक्ति प्रदर्शन गर्ने काम भयो ।’



    नेता भण्डारीले पार्टीको केन्द्रीय समिति बैठकमा एजेण्डाभन्दा पनि एक अर्कालाई खुइल्याउने काम मात्रै भएको बताए ।

    उनले बैठकमा देश र जनताका विषयमा छलफल हुनुभन्दा मामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि खनिएको बताए । अब यसरी कांग्रेस नचल्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार