Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समितिको बैठक आरोप प्रत्यारोपमा सीमित भयो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रीय समितिको बैठक लाइभ गर्दा असजिलो महसुस भएको बताएका छन्।

बीपीको ४१ औं स्मृति दिवसको अवसर पारेर मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले भने, ‘फेसबुक लाइभ गर्‍यौं कतिलाई राम्रो लाग्यो होला कतिलाई नराम्रो लाग्यो होला । म राम्रो नराम्रो अहिले भन्न सक्दिन । म जस्तो व्यक्तिलाई अलि असजिलो लाग्यो । केन्द्रीय समिति बैठक भनेपछि कतिपय कुरा बैठकभित्रै राख्नुपर्ने हुन्छ । बाहिर आउनु हुदैन ।’

नेता कोइरालाले केन्द्रीय समितिको बैठक आरोप प्रत्यारोपमा सीमित भएको बताए। आरोप प्रत्यारोप किन कसरी भयो बारे विषयमा प्रवेश गर्न नचाहने उनले बताए ।

त्यस्तै, नेता कोइरालाले महामन्त्री गगन थापासँग छलफलपछि कार्यक्रम तय भएको बताएका छन् ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकको अन्तिम ड्राफ्टमाथि छलफल गर्न पदाधिकारी बैठक बोलाएपछि महामन्त्री थापा कार्यक्रममा नआएको हुनेसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077