Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पत्रकार कुटेको आरोपमा रास्वपा बझाङका जिल्ला संयोजक निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ ।

खड्कालाई निलम्बन गरिएको महामन्त्री मुकुल ढकालका अनुसार पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेको आरोपमा उनलाई पार्टीले निलम्बन गरेको हो ।

बझाङमा होटल व्यवसाय सञ्चालन गरिरहेका खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेको थियो ।

सो विषयमा पार्टीको अनुशासन समितिले थप अनुसन्धान गरिरहेको र अनुसन्धानपछि आवश्यक कारबाही गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077