Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वरिष्ठ सई मृत्यु प्रकरण : हत्या गरिएको स्थलगत अनुसन्धानको निष्कर्ष, आमा-छोरा पक्राउ

बागलुङ । बागलुङमा मृत भेटिएका वरिष्ठ सईको घटनामा प्रहरीले आमा-छोरालाई नियन्त्रणमा लिएको छ ।

बडिगाड गाउँपालिका-६ खालबजारस्थित आशा होटलमा मंगलबार बिहान २ बजे प्रहरी वरिष्ठ सई उज्वल पौडेल मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीया आशा कुँवर र उनका २० वर्षीय छोरा बिनोद छन् । प्रहरीले उनी मृत भेटिएकै होटलको घरबेटी र उनका छोरालाई पक्राउ गरेको हो ।

अनुसन्धानको सिलसिलामा शंका लागेकाले जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ । वरिष्ठ सई पौडेलको मृत्युबारे प्रहरीको स्थलगत अनुसन्धान सकिएको छ ।

जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का नेतृत्वको टोली घटनास्थलमा पुगि अनुसन्धान सकेर सदरमुकाम फिर्ता भएको हो ।

स्थलगत अनुसन्धानको निष्कर्ष अनुसार पौडेलको हत्या भएको खुलेको छ । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077