Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तीन करोड बढीको बिगो दाबीसहित अष्ट सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ठगी मुद्दा

    तीन करोड बढीको बिगो दाबीसहित अष्ट सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ठगी मुद्दा

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 573
    SHARES

    काठमाडौं । सहकारी वकिलको कार्यालयले अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ठगी मुद्दा दायर गरेको छ । बचकर्ताको रकम हिनामिना गरी फरार भएका अनिल खड्कासहित १० जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर भएको हो ।

    काठमाडौं प्रहरीले ६२ जनाको जाहेरीमा ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरिएको जनाएको छ । करिब एक वर्षयता बचकर्ताको रकम फिर्ता नगरी समस्यामा रहेको सहकारीका सञ्चालक र व्यवस्थापक विरुद्ध अभियोपत्र दायर भएको हो ।



    सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२ स्थायी घर भएको खडका भने हाल फरार रहेको अभियोग पत्रमा उल्लेख छ । सोहो ठाउँ स्थायी घर भएका सहकारीका सञ्चालक प्रकाश खड्का, सुवास बुढाथोकी र सहकारीकै लेखा समिति सदस्य बबिता खड्कालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।



    सोही स्थान स्थायी घर भएका सहकारीका उपाध्यक्ष विजय खड्का, सचिव जीवन बुढाथोकी पनि फरार छन् । यस्तै सहकारीका कोषध्यक्ष कुम्भराज जोशी, सञ्चालकहरु सुशील बिक्रम राणा, सुशिला बोहोरा र लेखा समिति सदस्य गोबिन्द बुढाथोकी पनि फरा छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार