Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

केन्द्रीय समितिको बैठकबाट पुनः बलियो देउवा

काठमाडौं । साउन २ लाई बैठकको मिति तोकिएदेखि नै धेरैको अनुमान थियो– लामो समयपछि बस्न लागेको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सभापति शेरबहादुर देउवाप्रति आक्रामक बन्छन् ।

अनि, अधिकांश सदस्यको मत पनि उनीहरूको प्रस्तुतितर्फ नै कोल्टिन्छ। तर, जब बैठक सुरु भयो, अवस्थाविपरीत मात्रै बनेन, बैठकमा सदस्यको मत के रह्यो सभापति देउवाले फेसबुक लाइभमार्फत प्रत्यक्ष देखाए लाइभ गर्ने निर्णय नै गराएर ।

पार्टी संरचनामा दर्जनौं भद्रगोल बेहोरिरहेको कांग्रेसले परम्पराबाट माथि उठ्दै कार्यकर्ता, नागरिक र सर्वसाधारणको पनि पहुँचमा पुग्ने गरी बैठकको प्रत्यक्ष प्रसारण गरेपछि देउवाप्रति केन्द्रीय सदस्य नै एकाएक सकारात्मक बनेको देखियो। पुराना पार्टीले आफूलाई रूपान्तरण गर्न सकेनन् भन्‍ने आरोप आइरहेका बेला देउवाले बैठक लाइभ गरेर क्रान्तिकारी कदम चालेको प्रशंसा कांग्रेसकै नेताहरूले गरिरहेका छन्।

आफूमाथि अपारदर्शी र विधिविहीनताको आरोप लाग्दै आएपछि सभापतिले सन्देश दिनका लागि पनि बैठकको लाइभ गराएको पार्टीका सहमहामन्त्री किशोरसिंह राठोर बताउँछन्। भन्छन्, ‘पार्टीभित्रको अवस्थालाई मध्यनजर राख्दै बैठक प्रत्यक्ष प्रसारणको प्रस्ताव उहाँले नै ल्याउनुभएको हो। जनताले देखे सभापतिप्रति पार्टीकै नेताहरूको दृष्टिकोण पनि। यो जरुरी पनि थियो।’

अर्का केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले विपक्षीहरू आक्रामक भएका बेला पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताए। उनले कांग्रेसको सभापति व्यक्ति नभएर संस्था भएको भन्दै सभापतिलाई कमजोर बनाउने मानसिकता कसैको भए आजैका मितिबाट त्यो मानसिकता त्याग्नुपर्ने बताए। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077