Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका २२ जना सम्पर्कविहीन, हेडक्वाटरलले जारी गर्‍यो सूचना

काठमाडौं । नेपाल प्रहरीले आफूखुशी कार्यालयमा गैरहाजिर रहेक २२ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन अनुरोध गरेको छ ।

प्रहरी प्रधान कार्यालयल सूचना जारी गर्दै गैरहाजिरी रहेका एकजना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

सम्पर्कमा नरहेका प्रहरी हवलदारमा इलाका प्रहरी कार्यालय कार्त्तिकेदेउराली, काभ्रेपलाञ्चोकमा दरबन्दी भएका प्रेमराज दुरा, पाँच जना प्रहरी सहायक हवलदार र १६ जना प्रहरी जवान छन् ।

उनीहरू आफूखुशी गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयको चेतावनी छ ।

यी हुन गैरहाजिर भएका प्रहरी कर्मचारी :

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077