Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा प्रहरी निरीक्षकको मृत्यु

सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

सदरमुकाम मलङ्गवास्थित कार्यालयबाट मङ्गलबार राति घरतर्फ आउँदै गर्दा ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक २९ वर्षीय वसन्त साहको मृत्यु भएको हो ।

ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी साह फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा आज बिहान फेला परेको सर्लाही प्रहरीले जनाएको छ।

घटनास्थलको प्रकृति मुचुल्का सङ्कलन भइरहेको छ । सुरक्षा अधिकारीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077