Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आकर्षण र वास्नाको कथामा सुरक्षा पन्त र उषा रजक स्टारर ‘जुलेबी’को टिजर (भिडिओ)

काठमाडौं । भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जुलेबी’को टिजर सार्वजनिक भएको छ ।

सुरक्षा पन्त अभिनीत फिल्मको टिजर मंगलबार डिएआर मुभिज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा लभ र रोमान्सका दृश्यहरूलाई स्थान दिइएको छ।

एथोलजी विधामा रहेको फिल्ममा सुरक्षासँगै उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय छ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् ।

https://youtu.be/6WmC8uKz-G0

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077