Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारत भ्रमणमा रहेका माओवादी नेताहरु गंगा आरतीमा सहभागी हुँदै

काठमाडौं। भाजपाको निमन्त्रणामा भारतको दिल्ली पुगेका सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेताहरुले आज ऋषिकेशमा गंगा आरती गर्ने भएका छन् ।

माओवादी नेताहरु देहरादुन पुगेर साँझ ऋषिकेशमा गंगा आरतीमा सहभागी हुने जनाईएको छ । साथै आरती सकिएलगत्तै भाजपाका नेताहरुसँग डिनर–मिटिङमा सहभागी हुनेछन् ।

माओवादीका उपाध्यक्ष पम्पा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली साउन ७ गते दिल्ली पुगेको थियो ।

माओवादीका नेताहरु दुई दिनसम्म देहरादुनमा रहने र साउन १२ गते नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077